मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

संसद् भवन अगाडि प्रर्दशन गर्न खोज्ने बिनु यादव पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३ फागुन आफूलाई घरेलु हिंसा पीडित भनेर बताउने महिला बिनु यादव पक्राउ परेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि प्रर्दशन गर्ने खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

- Advertisement -

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । केही अघि सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याँक्दा पनि उनी पक्राउ परेका थिए ।

रामेछापको मन्थलीका प्रदीप कठायतले बिनुसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए । अदालतले सम्बन्ध विच्छेदको फैसला सुनाएपछि अदालत परिसरमै विष सेवन गरेपछि बिनु चर्चामा आएका थिए ।

- Advertisement -

बिनुले प्रदीपका काका व्यवसायी पवन कठायत विरुद्ध गत वैशाख ७ गते बलात्कारको प्रयास गरेको भन्दै साउन १५ गते जिल्ला अदालत रामेछापमा मुद्दा दर्ता गरेका थिए । भदौ २१ गते जिल्ला अदालत रामेछापकी न्यायाधीश इन्दिरा शर्माको इजलासले कठायतलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो ।

त्यसमा असन्तुष्टि जनाउँदै कठायत उच्च अदालत गएका थिए । प्रदीपसँगको प्रेम सम्बन्धपछि विवाह गरी मन्थली पुगेकी बिनुले आफू माथि घरेलु हिंसा भएको बताउँदै आएका छन् । उनले जिल्ला न्यायाधीशले पैसा खाएर सम्बन्ध विच्छेदको फैसला गरेको सार्वजनिक रूपमा बताउँदै आएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -