आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
11.1 C
Kathmandu
14.9 C
Birgunj

यती एयरलाइन्सको दुर्घटनाः मृतक परिवारलाई नेपाल लाइफद्वारा रू एक करोड एक लाखको दाबी भुक्तानी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले रू एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ ।

- Advertisement -

पोखरा उ.म.पा–१७, कास्की ठेगाना भएकी बिमित श्री संगिता शाहीको मिति २०७९÷१०÷०१ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घंटनामा असामायिक निधन भएको थियो । बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति श्री कोपिला घर्ति क्षेत्री (आमा) लाई रू एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको छ ।

आफ्नो जीवनकालमा स्वः संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स क.लि बालाजु शाखा कार्यालयबाट मिती २०७९/०५/२९ गते रु.५०,००,०००/– बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिनु भएको थियो । बीमाङ्क बापतको रकम अन्तर्गत रु.५०,००,०००/– र दुर्घंटना मृत्यु दावी बापत रु.५०,००,०००/– गरी जम्मा रु.१,०१,००,०००।– इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको छ ।

- Advertisement -

२०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार