बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

निजगढ नगरपालिकाद्वारा नदीजन्य पदार्थको बोलपत्र आह्वान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चालू आर्थिक वर्षको लागि आह्वान गरेको नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीको ठेक्का लाग्न नसकेपछि निजगढ नगरपालिकाले दोस्रो पटकको लागि फेरि बोलपत्र आह्वान गरेको छ ।

- Advertisement -

यसअघि पुष २४ गते ३० दिनको समयसीमा राखेर इ–बिडिङ्गमार्फत आह्वान भएको ठेक्काको निर्धारित मितिभित्र कसैले पनि बोलकबोल नगरेपछि नगरपालिकालो आजको मितिबाट लागू हुने गरी दोस्रो पटकको लागि १५ दिने सार्वजनिक सूचना निकालेको हो ।

आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले बकैया, धन्सार, शक्ति र लाल खोलाबाट १ करोड ५६ लाख १४ हजार घनफिट गिटी, बालुवा र ढुङ्ग उत्खनन, संकलन तथा बिक्री गर्नको लागि न्यूनतम १२ करोड ४९ लाखमा ठेक्का आह्वान गरेको थियो ।

- Advertisement -

दोस्रो पटकको लागि पनि सोही परिमाणको लागि सोही दररेटमा ठेक्का सकार गर्न बोलपत्र आह्वान गरिएको कार्यालयका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिए । उनले आजबाट लागूहुने गरी दोस्रो पटक बोलपत्र आह्वान गरिएको र यसमा पनि ठेक्का नलागे ७ दिनको म्याद राखेर फेरि तेस्रो पटक अर्को बोलपत्र आह्वान गरिने जानकारी दिए ।

नदीजन्य पदार्थ उत्खनन विरुद्ध उच्च अदालत वीरगन्जले जारी गरेको निषेधाज्ञाका कारण यो वर्ष समयमै ठेक्का लगाउन नसकेको निजगढ नगरपालिकाले अदालतले रिट निवेदन खारेज गरेपछि टेण्डर आह्वान गरेको थियो ।

तर गृहमन्त्रालयमार्फत नदीजन्य पदार्थ उत्खनन र क्रसर उद्योग संचालनमा गत महिना केही समय रोक लगाइएको र देशमा देखिएको आर्थिक मन्दीका कारण निजगढ नगरपालिकको नदीजन्य पदार्थ उत्खननको ठेक्का प्रभावित बनेको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -