बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
14.1 C
Kathmandu
14.1 C
Kathmandu
23.8 C
Birgunj

सिलिण्डर विष्फोटबाट घाइते भएका सांसद भण्डारीलाई मुम्बई लगियो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

ग्यास सिलिण्डर विष्फोट हुँदा जलेर गम्भीर भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको छ । उनलाई श्रीएयरलाइन्सको विमान चार्टर्ड गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लगिएको हो ।

- Advertisement -

यसअघि एयर एम्बुलेन्स मगाएर भारत लैजाने तयारी गरिएका बेलामा एयर एम्बुलेन्स आउन ढिला हुने भएपछि श्रीएयरलाइन्स चार्टर्ड गरेर लगिएको हो । त्यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लागिरहेका छन् । साथै सरकारले पनि संयन्त्र प्रयोग गरेको हो ।

बुद्धनगर निवासमा गएराति ग्यास सिलिण्डर विष्फोट हुँदा सांसद भण्डारीसहित उनकी आमा घाइते भएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहँदा चिकित्सकको टोलीले नेपालमा थप उपचार सम्भव नहुने र विदेश लैजानुपर्ने सुझाव दिएपछि डा. भण्डारीलाई भारत लगिएको हो ।

- Advertisement -

शुरुआतमा उनकी आमा ८६ वर्षीया हरिकलालाई पनि भारत लैजाने बताइरहँदा थप उपचार गरे पनि उनको स्वास्थ्यमा सुधार नहुने देखेपछि चिकित्सकले नलैजान सुझाव दिएका थिए ।

त्यसपछि डा. भण्डारीले आफू पनि नेपालमै रहेर उपचार गर्ने बताएका थिए । तर चिकित्सकको थप परामर्शपछि उनी भारत जान राजी भएका थिए ।

चिकित्सकहरूका अनुसार सांसद भण्डारीको शरीरको करिब ३० प्रतिशत र उनकी आमाको करिब ७० प्रतिशत भाग जलेको छ ।

सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन् ।

भण्डारीकी आमाको भने बिहान निधन भइसकेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -