बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द...

काठमाडौँ,०५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा...
24.1 C
Kathmandu
32.3 C
Birgunj

बीरगन्ज यही फागुन १२ र १३ गते रात्री सांस्कृतिक तथा खाना मेला हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, ४ फागुन । वीरगञ्जमा रात्री सांस्कृतिक तथा खाना मेला हुने भएको छ । वीरगञ्ज कलेजले दसौँ स्थापना दिवसको अवसरमा वीरगञ्ज महानगरपालिकाको सहयोगमा यही फागुन १२ र १३ गते रात्री सांस्कृतिक तथा खाना मेलाको आयोजना गर्न लागेको हो ।

- Advertisement -

आगामी शुक्रवार र शनिवार बेलुका ३ बजेदेखि राति १० बजेसम्म घण्टाघर नजिकैको बी.पी उद्यान फुटपाथमा रात्री सांस्कृतिक तथा खाना मेला हुने वीरगञ्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीले जानकारी दिए ।

डा. चौधरीका अनुसार विद्यार्थीहरुमा सिक्दै कमाउँदैको अवधारणा विकास गर्न, वीरगञ्ज महानगरपालिकाको रात्री बजारको अवधारणालाई साकार पार्न एवम् बारा पर्साको लोक संस्कृति तथा परम्परागत खानाको प्रबद्र्धन गर्ने अभिप्रायले मेलाको आयोजना गरिएको हो । नेपाल सरकारले अघि सारेको स्टार्टअपको अवधारणालाई पनि मेलाले सघाउ पुग्ने डा. चौधरीको विश्वास छ ।

- Advertisement -

×
गृहपृष्‍ठ
सम–सामयिक

वीरगञ्जमा यही फागुन १२ र १३ गते रात्री सांस्कृतिक तथा खाना मेला हुने
यात्रा डेली फागुन ४, २०७९ बिहिबार
471
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonemail sharing buttonsharethis sharing button

अ अ अ
वीरगञ्ज, ४ फागुन । वीरगञ्जमा रात्री सांस्कृतिक तथा खाना मेला हुने भएको छ । वीरगञ्ज कलेजले दसौँ स्थापना दिवसको अवसरमा वीरगञ्ज महानगरपालिकाको सहयोगमा यही फागुन १२ र १३ गते रात्री सांस्कृतिक तथा खाना मेलाको आयोजना गर्न लागेको हो ।

आगामी शुक्रवार र शनिवार बेलुका ३ बजेदेखि राति १० बजेसम्म घण्टाघर नजिकैको बी.पी उद्यान फुटपाथमा रात्री सांस्कृतिक तथा खाना मेला हुने वीरगञ्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीले जानकारी दिए ।

डा. चौधरीका अनुसार विद्यार्थीहरुमा सिक्दै कमाउँदैको अवधारणा विकास गर्न, वीरगञ्ज महानगरपालिकाको रात्री बजारको अवधारणालाई साकार पार्न एवम् बारा पर्साको लोक संस्कृति तथा परम्परागत खानाको प्रबद्र्धन गर्ने अभिप्रायले मेलाको आयोजना गरिएको हो । नेपाल सरकारले अघि सारेको स्टार्टअपको अवधारणालाई पनि मेलाले सघाउ पुग्ने डा. चौधरीको विश्वास छ ।

मुख्य प्रायोजक वीरगञ्ज महानगरपालिकासँगै कलेजको अतिरिक्त क्रियाकलाप कोष एवम् प्रायोजक तथा सहप्रायोजकहरुबाट प्राप्त भएको आर्थिक सहयोगबाट मेला सम्पन्न हुने कलेजका प्रधानाध्यापक बिनोद गुप्ताले जानकारी दिए । प्रधानाध्यापक गुप्ताका अनुसार मेलामा कम्तीमा २५ वटा स्टल राखिनेछ । जसको जिम्मेवारी कलेजकै विद्यार्थीहरुको समूहलाई प्रदान गरिनेछ ।

स्टलहरुमा राखिएका विभिन्न परिकारका खाना विक्री वितरणबाट प्राप्त भएको आय विद्यार्थीहरुको नै हुने र त्यसबापत कलेजले कुनै पनि किसिमको शुल्क नलिने गुप्ताले बताए ।

खानाका परिकारसँगै भोजपुरी गायक सुनिल पण्डित, कलेजकै विद्यार्थी तथा पूर्व विद्यार्थीहरु, आर्जु देवकोटा, राजन गिरी, रेबिका महर्जन, चन्दन प्रजापति लगायतका कलाकारहरुको प्रस्तुती पनि हेर्न पाइने कलेजले बिहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । मेलामा निःशुल्क रुपमा प्रवेश गर्न पाइने पनि कलेजले जनाएको छ

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार