बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

आज – ०६ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा...

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...

नाकाबन्दीमा भारतले सहयोग नगर्दा...

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले...

खाडी क्षेत्रमा २५४ मिलिमिटरसम्म...

काठमाडौँ,०५ वैशाख । खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा...
21.1 C
Kathmandu
32.1 C
Birgunj

पशुपतिनाथमा क्षेत्रमा गाँजा बेच्ने वा सेवन गर्नेला कारबाही

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । शनिवार परेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाइएको हो ।

- Advertisement -

सुरक्षा योजना अनुसार शुक्रबार साँझदेखि नै प्रहरी परिचालन गरिएको थियो । रिजालले भने–‘मन्दिर परिसरको कमान्ड सेन्टरमा शुक्रबारबाटै प्रहरी परिचालन गर्छौँ ।’थ्रेट एनालाइसिस गरेर काठमाडौँ प्रहरीले ३ सिफ्टमा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । उपत्यका प्रहरी कार्यालयबाट शिवरात्रिको सुरक्षामा सादा पोसाकमा प्रहरी खटिनेछन् ।

शिवरात्रिमा लागूपदार्थ सेवन गर्ने युवायुवती, पाकेटमारा र चोरी मुख्य सुरक्षा चुनौती हुने प्रहरीको विश्लेषण छ । सो सुरक्षा चुनौतीलाई निस्तेज पार्ने गरी योजना बनाएको एसपी रिजालले जानकारी दिए । शिवरात्रिको सुरक्षाको लागि १५ जनाको दरले ८ वटा ‘रिजर्भ’ फौज तयारी अवस्थामा राखिने सुरक्षा योजनामा उल्लेख गरिएको छ । मन्दिरमा लाइन व्यवस्थापन, चोरी नियन्त्रण, गाँजा नियन्त्रण र हुलदङ्गा नियन्त्रणमा प्रहरीको मुख्य भूमिका हुने गर्छ ।

- Advertisement -

सुरक्षाका लागि ‘वाक थ्रु’ गेट र ‘डिटेक्टर’ प्रयोग गरिने भएको छ । पशुपति क्षेत्रमा ठाउँ ठाउँमा सिसिटिभी मार्फत मनिटर गरिने एसपी रिजालले बताए । त्यस्तै पशुपति क्षेत्रमा गाँजा बेचबिखन र सेवनमा प्रहरीले रोक लगाएको छ । ‘गाँजा बेचेको र सेवन गरेको भेटमा कारबाही गर्छौ’ एसपी रिजालले रातोपाटीसँग भने, ‘गाँजा तान्न पाइन्छ भन्ने मान्यता छ, त्यसलाई निस्तेज गर्न ९ वटा सबकमाण्ड बनाएका छौँ ।’

मेलापर्वमा हुनसक्ने घटना सम्बोधन गर्न प्रहरीले हेल्प डेस्क राखेको छ । बच्चा हराउने र भिडभाडमा बेहोस हुनेहरूलाई समयमै संशोधन गर्ने गरी सामुदायिक प्रहरीले काम गर्नेछन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार