बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

वीरगञ्जमा जन्ती र गाउँलेबीच झडप, ३ जना घाइते १० जना प्रहरीको नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, ६ फागुन । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा शुक्रबार राति जन्ती र गाउँले पक्षबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।

- Advertisement -

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाका ४० वर्षीय शम्भुप्रसाद कुर्मी, २० वर्षीय अर्जुनप्रसाद पटेल र ३६ वर्षीय रामबहादुर पटेल झडपमा घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा सामान्य उपचारपछि उनीहरुलाई थप उपचारका लागि बाराको प्रसौनीस्थित एलएस न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । रामगढवाकै १८ वर्षीय अर्जुन पटेल, राज पटेल, विकास पटेल, सिदु पटेल, आलोक पटेल, साजन पटेल, बाराको फेटा गाउँपालिका–१ बस्ने २६ वर्षीय अरविन्द पटेल, १९ वर्षीय मनु पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दस्पक गिरीले जानकारी दिए ।

झडपमा संलग्न भएको आशंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।सडक छेउमा मोटरसाइकल पार्किङ गरेको विषयमा विवाद भई झडप भएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -