बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
12.7 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

मौद्रिक नीतिको समीक्षापछि घटेको सेयर बजारको आगामी यात्रा कस्तो रहला ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं : मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भएयता सेयर बजारमा निरन्तर गिरावट आएको छ । यस साता ४ दिन सेयर कारोबार भएकामा ४ वटै दिनमा सूचक नकारात्मक भएको हो । केन्द्रीय बैंकले अघिल्लो साताको अन्त्यमा सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर बजार सुधारका लागि ठोस नीतिगत व्यवस्था नगरेका कारण पनि लगानीकर्ता केही निराष बनेका हुन् । लगानीकर्ताले आँकलन गरेअनुसार मौद्रिक नीतिको समीक्षा नआएपछि सेयर बजारले यस साता नकारात्मक प्रतिक्रिया दिएको देखिन्छ ।

- Advertisement -

विशेषगरी १२ करोडको सीमा परिमार्जन र १५०% को जोखिमभार घटाएर १००% मा झारिनसक्ने आम लगानीकर्ताले अनुमान गरेका थिए, तर व्यवहारमा त्यसो हुन सकेन । यस्तै, वाणिज्य बैंकहरुले फागुनका लागि ब्याजदर पनि यथावत् राखेका छन् । यिनै कुराहरुको तत्काल प्रतिक्रियास्वरुपः सेयर बजारमा गिरावट आएको हो । बजारमा उतारचढाव आइरहन्छ । बजार आम लगानीकर्ताको अनुमान र अपेक्षाभन्दा विपरीत पनि चल्न सक्छ । यसकारण, सकेसम्म सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरुमा योजनाबद्ध हिसाबले लगानी गर्न जानकारहरुले सुझाव दिने गरेका छन् ।

यस साता नेप्से सूचक ५.१४% ले घटेर २०७०.४१ विन्दुमा बन्द भएको छ । अघिल्लो साता भने नेप्से सूचक २१८२.६३ विन्दुमा बन्द भएको थियो । बिहीबार १ अर्ब ६८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण २९ खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ ।

- Advertisement -

दैनिक कारोबार रकम
आइतबार साताकै उच्च ३ अर्ब ५ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो भने बिहीबार साताकै न्यून १ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । यस साता औसतमा दैनिक २ अर्ब ६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

सूचीकृत समूहहरुको प्रदर्शन
यस सता सूचीकृत सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी फाइनान्स समूह ७.४५% ले घटेको छ । त्यसपछि, जलविद्युत र लगानी समूहमा क्रमशः ७.१९% र ६.६५% गिरावट आएको छ ।

धेरै कमाउने
यस साता सानिमा लार्ज क्याप फन्डको भाउ सबैभन्दा धेरै ११.२३% ले बढेको छ । त्यसपछि, राप्ती हाइड्रो एन्ड जनरल ९.०९% र युनिलिभर नेपाल ८.९५% ले बढेका छन् ।

धेरै गुमाउने
उपकार लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा साताकै उच्च ३७.७९% गिरावट आएको छ । त्यसपछि, इन्फिनिटी लघुवित्तको भाउ २२% ले घटेको छ । निर्धन उत्थान लघुवित्तको भाउ २१.९६% ले घटेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -