शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

अन्तत माहाबीरका टिमले वीरगन्ज कृषि औजार संचालनमा ल्याए , तर सरकारले बजेट दिन गरदैछ आनाकानी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज ,६फागुन जीर्ण भइसकेको वीरगन्ज स्थित कृषि औजार कारखानालाइ अन्तत माहाबीरका टिमले वीरगन्ज कृषि औजार संचालनमा ल्याए तर सरकार भने बजेट दिन गरदैछ आनाकानी ।

- Advertisement -

साे कारखाना बन्द हुनु अगाडि प्राविधीक र कर्मचारी गरि ३२५ जना कार्यरत थिए ।कृषि औजार कारखाना ९ बिघा ११ कट्ठा क्षेत्रफलमा फैलिएको छ ।

सरकारले संचालनको अनुमति र जिम्मा दिएको ५ महिनाकै अवधीमा माहाबीरका टिमले कारखानाको मर्मत सम्भार गरि कृषि औजारहरुको परीक्षण उत्पादन गर्न थालेको छ ।तर नेपाल सरकारसंग भएको सम्झौतामा उल्लेख भए अनुसार, अर्थ मन्त्रालयले अहिले सम्म एक रुपैया पनि बजेट राष्ट्रिय आविस्कार केन्द्रलाई उपलब्ध नगराउदा कारखाना सन्चालनमा समस्या भएको केन्द्रका अध्यक्ष महावीर पुन बताउछन् ।

- Advertisement -

नेपाल सरकारले जीर्ण अवस्थामा पुगि सकेको कृषि औजार कारखाना , मर्मतसम्भार गरि एक वर्ष भित्र सन्चालन गर्ने जिम्मा राष्ट्रिय आविस्कार केन्द्रलाई दिएको थियो ।कारखानाको मर्मतसम्भार लगायतमा लाग्ने खर्चको रकम नेपाल सरकारले उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ । गत ३१ भदौंको मन्त्रिपरिषदको निर्णय अनुसार गत असोज ११ गते अर्थ मन्त्रालय र महावीर पुन नेतृत्वको आविस्कार केन्द्र बिचको सम्झौतामा कारखाना मर्मत सम्भार गरि केन्द्रले एक वर्ष भित्र सन्चालनमा ल्याउने र १० वर्ष सम्म सन्चालनको जिम्मा केन्द्रलाई नै दिने उल्लख थियो ।तर केन्द्रले जीर्ण कारखाना मर्मत सम्भार गरि सन्चालनको तयारी थालेको ५ महिना बित्न लाग्दा समेत अर्थ मन्त्रालयले भने केन्द्रलाई एक रुपैया पनि बजेट उपलब्ध गराएको छैन ।

केन्द्रका अध्यक्ष महावीर पुनका अनुसार तत्कालका लागि करिब २५ करोड रुपैया आवश्यक रहेको व्यवहोरा सरकारलाई बुझाइ सकेको र २५ लाख रुपैंया जति केन्द्रकाे खर्च भैसकेको छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार