मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

मिथिलाको ‘ महाकुम्भ परिक्रमा’ सुरु

सिफारिस

जनकपुरधाम, फाल्गुन ८ । मिथिलाको महाकुम्भ मानिने ऐतिहासिक १५ दिने धार्मिक माध्यमिक परिक्रमा आज सोमबार देखि सुरु हुने भएको छ ।

- Advertisement -

 

फागुन कृष्णपक्षको औासीमा कचुरी मठबाट भगवान राम र जानकीको डोला सहित परिक्रमा सुरु हुन्छ ।

- Advertisement -

आज बिहान ८ बजे कचुरीबाट उठने मिथिलाबिहारीको डोला लिएर साधुसन्तहरुले आज राती जनकपुरको हुनमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु भोलि मंगलवार विहान पुजापाठ गरी भारत बिहारको कल्याणेश्वर जानेछन् ।

 

फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवातहुने परम्परा रहेकोे छ  ।

 

श्रद्धालु भक्तजनहरुले नेपाली भू–भागको ९० किलोमिटर र भारतको ३० किलोमिटर दुरी परिक्रमा गर्ने परम्परा छ ।

 

नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमायात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छ ।

 

सोहीक्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्वरुकुण्ड हुंदै परिक्रमा कञ्चनवन पुग्छ ।

 

कञ्चनवनमा अग्निकुण्डाको आयोजनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौलहुँदै पुनः कल्याणेश्वरबाट जनकपुर र्फकेर विश्राम गर्छन् ।

 

फागुन पुणिर्माका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तगृही परिक्रमा पुरा गरेर घर र्फकने गर्छन् ।

परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -