शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

कोरियाले नेपालबाट मौसमी श्रमिक नलाने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,११ फागुन – दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक नलाने भएको छ । सिजनल भिसामा दक्षिण कोरिया पुगेका ८० प्रतिशत बढी नेपालीहरु अवैध रूपमा उतै बसेको पाइएपछि कोरियाले तीन वर्षका लागि प्रतिबन्ध लगाएको हो ।

- Advertisement -

मौसमी श्रमिकका रुपमा त्यहाँ पुगेका ७० प्रतिशतभन्दा बढी अवैध रूपमा बसेको पाइए तीन वर्ष प्रतिवन्ध लगाउने त्यहाँको नीति छ । सोहि नीतिअनुसार त्यहाँको अध्यागमन विभागले नेपालसँग तत्काल कुनै सम्झौता गर्न नसकिने त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको हो ।

नेपालबाट गत वर्ष मौसमी श्रमिकका रूपमा कोरिया गएका ८० प्रतिशतभन्दा धेरै श्रमिक सम्झौताअनुसार स्वदेश नफर्किएका कारण कोरिया प्रतिबन्ध लगाउन बाध्य भएको दूतावासले जनाएको छ । यसअघि बेलायत सरकारले पनि नेपाललाई मौसमी श्रमिकका रूपमा लैजान रोक लागाएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -