बीरगन्ज, ११ फागुन – साउथ जोन र मुनलाईट मावि बीच प्रथम मेयर ईन्टर स्कुल फुटबल टुर्नामेन्ट २०७९ को उपाधिका प्रतिस्पर्धा हुने भएको छ ।
आदर्शनगर रंगशालामा बिहीबार भएको पहिलो सेमिफाईनल खेलमा नृसिंह मावि पिपरालाई पराजित गर्दै साउथ जोन फाईनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा साउथ जोन र नृसिंहले १–१ को बराबरी खेलेका थिए । पेनाल्टी सुटआउटमा साउथ जोनले नृसिंहलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो ।
यस्तै, भेट्रान्स सिटी क्लबको आयोजनामा जारी प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा विजयी हुँदै मुनलाईट माविले अन्तिम दुईमा स्थान बनाएको छ । मुनलाईटले बिहीबार नै भएको दोस्रो सेमीफाईनल खेलमा विद्या सदन माविलाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको थियो ।
निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको आयोजक भेट्रान्स सिटी क्लबका सदस्य सदाम हुसैनले जानकारी दिए ।