बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

कांग्रेस संसदीय दलको बैठक बस्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ फागुन – नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । शुक्रबार विहान ११ बजे नयाँ बानेश्वरस्थिति लोत्से हलमा संसदीय दलको बैठक बस्ने भएको हो ।

- Advertisement -

सम्पत्ति शुद्धीकरण संशोधन विधेयकबारे पार्टीको साँझा धारणा बनाउन दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिन लागेकाले कांग्रेसले विज्ञको राय लागेको हो ।

सम्पत्ति शुद्धीकरणका नेतृत्व सम्हालिसकेका प्रेमप्रसाद भट्टराई, राष्ट्र बैंकको निर्देशक हरि नेपाल, नेपाल कानुन आयोगका अध्यक्ष तथा पूर्व कानुनमन्त्री माधव पौडेल, वरिष्ठ अधिव्यक्ता राधेश्याम अधिकारी र सर्वोच्च बार एशोशिएसनका कार्यसमिति सदस्य रेशम रेग्मीलाई बैठकमा बोलाइएको छ । लेखकका अनुसार उनीहरुले कांग्रेस सांसदहरुलाई सम्पत्ति शुद्धीकरण विधेयकबारे सुझाव दिने छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -