शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

निलम्बन फुकुवा भएसँगै सांसद चौधरीले राष्ट्रपति निर्वाचनमा भाग लिन पाउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ फागुन । रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । निलम्बन फुकुवा भएसँगै उनले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् ।

- Advertisement -

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको थियो । निलम्बन फुकुवा भएपछि चौधरीको नाम निर्वाचन आयोगले अन्तिम मतदाता नामावलीमा समावेश गर्ने भएको हो ।

झन्डै ५ बर्ष अघि टयाक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी गत १९ माघमा पक्राउ परेका थिए । तर, फैसला कार्यान्वयनका लागि जेल परेका चौधरीलाई गत साता पुष्पकमल दाहालको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाए पछि ७ फागुनमा रिहा भएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -