बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

पुरानो गठबन्धन ब्युँताउने तयारी : सीके र महन्थलाई पनि बोलाइने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ फागुन । आज साँझ ५ बजे बस्ने पुरानो गठबन्धनको बैठकमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाइने भएको छ । राष्ट्रपतिबारे छलफल गर्न बसेको बालुवाटार बैठक सकारात्मकरूपमा अगाडि बढेपछि जनमत र लोसपालाई पनि बैठकमा सामेल गराउन लागिएको हो ।

- Advertisement -

अहिले बसेको बैठकमा राष्ट्रपतिमा एमालेबाहेकको सहमति जुटाउने सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले दाबी गरेका छन् । बैठकमा कांग्रेस, माओवादी, जसपा र नेकपा एसका नेताहरू सहभागी थिए । हिजो साँझ माओवादी, नेकपा एस र जसपाबीच सहमति बनेपछि आज कांग्रेससँग बसेको थियो।

त्यसो त बुधबार साँझ बालुवाटारमा बसेको बैठकले चुनावअघिको सत्तागठबन्धन ब्यूँताउने अनौपचारिक सहमति बनेको थियो । आज बालुवाटारमा बसेको ४ दलका शीर्ष नेताहरुको बैठकमा पनि चुनावअघिको ५ दलीय गठबन्धन ब्युँताउने सहमति भएको छ । राष्ट्रपति उम्मेदवार छान्न बसेको गठबन्धनको बैठकमा ५ दलीय गठबन्धन ब्युँताउने सहमति बनेको हो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -