बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

कृषि मन्त्रालयको अधिकांश योजना वितरणमुखी छ : कृषि मन्त्री कुशवाहा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१२ फागुन । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मन्त्रालयको अधिकांश बजेट वितरणमुखी रहेको बताएका छन् ।

- Advertisement -

शुक्रबार आफ्नो ३० दिनको उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको रेडबुकमा अधिकांश योजना वितरणमुखी रहेको बताएका हुन् ।

उनले भने, ‘अहिलेको रेडबुक हेर्नुस, त्यसमा भनिएको छ कृषि सडक, त्यसका लागि १५÷१५ लाख रुपैयाँ छुट्टयाइएको छ तर कति क्षेत्रफलमा बन्छ, चौडाई कति हुन्छ त्यो केही छैन् ।’

- Advertisement -

यस्तै उनले मन्त्रालयबाट तयार गरिएको अधिकांश डिपिआर समेत अधुरो रहेको बताए । उनले मन्त्रालयबाट तयार गरिएको अधिकांश डिपिआर सिभिल वर्कको कपि पेस्ट रहेको आरोप लगाएका हुन्।

उनले मन्त्रालयबाट तयार गरिएको डिपिआर टेक्निकली रुपमा डिपिआर नै नरहेको भन्दै उनले भने,‘मपनि एउटा इन्जिनियर छु, मपनि यसलाई अध्ययन गर्दैछु‍। डिपिआर भनेको त्यो प्रोजेक्टले कस्तो फाइदा दिन्छ, त्यो प्रोजेक्टको पुरा लेआउट हुनुपर्यो, सिभिल वर्क, पलम्बिङ्ग वर्क, डिटेल डिजाईन लगायतको थुप्रै कुरा चाहिन्छ तर यो एउटा कपी पेस्ट मात्र हो।’

मन्त्री कुशवाहाले मन्त्रालयबाट अधिकांश योजना अधुरो डिपिआरकै भरमा सञ्चालनमा रहेको समेत बताए। उनले त्यसता प्रोजेक्टलाई नरोक्ने तर त्यसलाई पुनः अध्ययन गरेर कसरी सही गर्न सकिन्छ त्यसतर्फ ध्यान दिने बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -