शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
18.1 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

ठोरीमा निमको रुखबाट दूधजन्य पदार्थको वर्षा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१२ फागुन,ठोरी – ठोरी गाउँपालिका वडा नम्बर १ सरस्वतीचोकमा शिवरात्रीको दिनदेखि अनवरत रुपमा निमको हाँगाबाट दूधजन्य पदार्थको वर्षा भइ रहेको छ।शिवरात्रीको बिहान निमको रुखबाट दूध जस्तै पदार्थ झरेको देखेको र सबैजनालाई देखाएपछि गाउँले सबै आश्चर्य चकित भएको निमको रुखको सामिप्यमा घर भएका नेत्रप्रसाद काफ्लेले बताए। अहिले उक्त स्थानमा पन्छ कलश स्थापन गरिको र नित्य पूजार्चना भइ रहेको समेत काफ्लेले बताए।

- Advertisement -

गाउँका सबैले निमबाट वर्षिरहेको तरल पदार्थ खाएको र उक्त पदार्थ अत्यन्तै गुलियो रहेको समेत उनले बताए। शिवरात्रीको दिनदेखि दैनिक रुपमा ३ लिटर भन्दा बढी दूग्धजन्य पदार्थ जम्मा हुने गरेको समेत काफ्लेले बताए।

दैविकशक्ती प्राप्त गरेका स्थानीय उत्तम मातालाई हेराउन जाँदा शीतलदेवीको आगमन भएको,शीतल देवीले बास गरेको भनिएको हुँदा उक्त स्थानमा देवीको स्थापना गरिएको र दैनिक पूजा भइ रहेको समेत काफ्लेले बताए।

- Advertisement -

शिवरात्रीको दिनदेखी सँधै निमको रुखबाट दूध जस्तै देखिने मीठो पदार्थ ,महको स्वाद समेत पाइने पदार्थ वर्षा भएको देख्दा दैविक शक्ति नै हो भन्ने विस्वास बढेको स्थानीय कमल बिक्रम तिमल्सिनाले बताए। निमको रुखबाट दूधको वर्षा भएको सुनेपछि हेर्न जाने र पूजागर्न जानेको क्रम बढ्दो रहेको समेत तिमल्सिनाले बताए।

दैविक शक्ति नै रहेको हुनाले यस स्थानमा यज्ञ लगाउने तयारी गरिएको र धार्मिक गुरुहरुसँग समन्वय भएको समेत उक्त स्थानमा पूजा गर्दै आइरहेका काफ्लेले जानकारी दिए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -