सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

प्रहरी संरक्षणमै खुलेयाम जुवा तथा घरेलु मदिरा बिक्री वितरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१२ फागुन – स्थानिय प्रहरी प्रशासनकै मिलोमतोमा पर्साको जिराभवनी गाउँपालिकामा खुलेयाम जुवा भइरहेको छ । महाशिवरात्रीको अवरमा जिराभवानी गाउँपालिका वडा नं. १ जिराभवानीमा रहेको महादेव मन्दिरमा लागेको मेलामा खुलेयाम जुवा भइरहेको तस्वीर तथा भिडियोहरु नेपाल पोष्ट डेलीलाई प्राप्त भएको छ ।

- Advertisement -

मेला समिति तथा मेलाको ठेकेदारले स्थानिय प्रहरी प्रशासनलाई मोटो रकम नजराना बुझाए पछि मेलामा जुवा तास,कौडा खेल्न तथा घरेलु मदिरा बिक्रि वितरणलाई छुट दिइएको स्रोतको दावी छ । मन्दिर परिसर छेवमै सिमा सुरक्षा वल सशत्र प्रहरी वल वोर्डर आउट पोष्ट रहेको छ भने इलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीको मातहत रहेको इप्रका सेढवा,प्रहरी चौकी महादेव पट्टी रहेको छ ।

मेलाको सुरक्षाको लागि सशत्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको भएपनि जुवा तास,कौडा खेल्न तथा घरेलु मदिरा बिक्री वितरण गर्न पुरा छुट दिइएको छ । मेला नेपाल भारत सिमा क्षेत्रमै लागेको कारण भारतका ठूला अपराधिक गिरोहका व्यक्तिमा आउने गरेका छन् । मेलामा जुवा तथा अबैध घरेलु मदिरा बिक्रि वितरणका कारण सुरक्षा चुनौती थपिएको स्थानिय सचेत समाजसेवी तथा अगुवाहरुको भनाई छ ।

- Advertisement -

प्रहरीकै अगाडी कानुनले बर्जित गरेका गतिबिधिहरु भईरहदा स्थानिय प्रहरी प्रशासन मौन बस्नुलाई स्थानियहरुले अर्थपूर्ण रुपमा लिइएका छन् भने प्रहरी प्रशासनले घुस आएको आरोप लागेको छ । मेला जुवाडे तथा रक्सी खाएर मातिएकाहरुले महिलाहरुलाई अबद्र व्यवाहार गरेको समाचारहरु पनि आएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -