जनकपुर,१३ फागुन । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अबको नयाँ समीकरणपछि प्रदेश सरकार अझ बलियो बन्ने बताएका छन् ।
शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले राष्ट्रपति र उपराष्ट्रपतिमा भएको समीकरणले सरकार फेरबदलमा समेत प्रभाव पर्ने बताएका छन्।
अब आफ्नो पार्टी बिस्तारै सरकारमा सहभागी हुने र नयाँ समीकरणअनुसार सरकार अगाडि बढ्ने प्रष्ट पारे।
राष्ट्रपति कांग्रेसलाई र उपराष्ट्रपति जसपाले दिनेगरी सहमति भएको उनको भनाइ छ। अध्यक्ष यादवले अब हुने सत्ता समीकरणले प्रदेशले थप अधिकार पाउने जिकिर गरे।
‘प्रदेशहरू अझ बलियो हुन्छ। प्रदेशलाई बलियो बनाउने, प्रदेश सरकारलाई स्रोत÷साधन र अधिकार सम्पन्न बनाइन्छ’, उनले भने।