सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

सामाजिक युवा एकता क्लबको सक्रियतामा रक्तदान, ६१ जनाले गरे रक्तदान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, पर्सा। सामाजिक युवा एकता क्लबले वीरगञ्जमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

- Advertisement -

क्लव स्थापनाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएका छन्। वीरगञ्ज महानगरपालिका वडा नं. १२ ब्रम्ह मन्दिरचोकमा गरिएको रक्तदानमा स्थानीयको उल्लेख्य सहभागिता रहेकोे थियो। रक्तदान कार्यक्रममा ५० जना पुरुष र ११ जना महिला गरी कुल ६१ जनाले रक्तदान गरेको क्लवका सल्लाहकार प्रमोद महतो धानुकले जानकारी दिनु भयो।

रक्तदानले आफ्नो शरीर स्वास्थ हुनुको साथै लाखौ यज्ञ गरे पनि कसैको ज्यान जोगाउन सकिँदैन तर एक थोपा रगतले ज्यान जोगाउन सकिन्छ त्यस कारण रक्तदान भन्दा ठुलो र महान दान अरु कुनै दान नरहेकोले रक्त दान गरि महा दान गर्न सबैमा सचेतना समेत ब्लड बैंक बीरगंजका प्रतिनिधिले आफ्नो अभिव्यक्ति दिएका थिए।

- Advertisement -

वीरगञ्जमा विभिन्न अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामी लाई रगतको अभावमा समस्या नहोस भन्ने उद्देश्यले रक्तदान गरिएको आयोजक संस्थाका अध्यक्ष विकास कुमार मण्डलले बताए। उक्त अवसरमा वीरगञ्ज वडा नं. १२ का वडाध्यक्ष सुरेश गुप्ता, नगर परिसद सदस्य दीपक डंगोल लगायतको उपस्थिति थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -