शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

उपराष्ट्रपतिमा रामसहाय छान्दै उपेन्द्र यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१४ फागुन । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुबटारमा भएको आठ दलीय सहमतिमा जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपति पद पाउने भए पछि पार्टीभित्र उपराष्ट्रपतिको सम्भावित उम्मेदवारहरूको चर्चा सुरु भएको छ।

- Advertisement -

तर, जसपाका धेरै नेताहरूले उपराष्ट्रपतिमा रामसहाय यादवको सम्भावना निकै बलियो रहेको बताएका छन्। जसपा स्रोतका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव रामसहायलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउन चाहेका छन्। जसपाका एक नेताले भने,‘अध्यक्ष ज्युकोलागि उहाँ (रामसहाय) सबैभन्दा उपयुक्त व्यक्ति हो।

त्यसैले उहाँको करिब करिब टुंगो लागेको अवस्था छ।’ रामसहाय अध्यक्ष यादवसँग निकट मानिन्छन्। यही निकटताको कारण अध्यक्ष यादवले रामसहायलाई जसपाको संसदीय दलको नेता समेत बनाएका छन्। जबकी, यादव पछि अशोक राई जसपाका दोस्रो नेता मानिन्छन् तर अध्यक्ष यादवले राइलाई पन्छयार रामसहायलाई संसदीय दलको नेता बनाए।

- Advertisement -

जसपाका प्रवक्ता मनिष सुमनले पनि उपराष्ट्रपतिको उम्मेदवारमा रामसहाय यादवकै बढी सम्भावना रहेको बताए। ‘अहिले नै टुंगो लागेको त छैन तर बढी सम्भावना रामसहाय यादवकै छ,’ उनले भने। रामसहायलाई उपराष्ट्रपति बनाई रिक्त रहेको बारा २मा अध्यक्ष यादव आफै प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन चाहेका छन्।

‘यसबाट संसद्मा उपेन्द्र यादवको पुन प्रवेश हुनेछ,’ जसपाका एक नेताले भने, ‘पार्टी अध्यक्ष ज्युको चाहना पनि त्यही हो।’ यादव प्रतिनिधि सभामा विजयी भएमा उनी सरकारमा सहभागी हुनेछन। त्यो बेला उनी कम्तीमा उपप्रधानमन्त्री हुने ती नेताको अनुमान छ। गत प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी–२ मा उनले उम्मेदवारी दिएका थिए। त्यस क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सिके राउत विजयी भएपछि यादव संसद्मा प्रवेश गर्न पाएका छैनन्।

जसपाले उपराष्ट्रपति पद पाउने निश्चित भएपछि जसपाका अर्का सांसद नवल किशोर साहले पनि उम्मेदवारी दिन देखाएका छन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -