शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

मधेश प्रदेशमा सरकारबाट एमाले हटाइने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१४ फागुन । नेकपा एमालेको अग्रसरतामा गठन भएको सत्ता गठबन्धन ६१ दिनमा भत्किए लगतै मधेशको सत्ता गठबन्धनमा हलचत देखिएको छ ।

- Advertisement -

मधेश प्रदेश सरकारमा एमालेका ४ जना मन्त्री र १ जना राज्यमन्त्री छन् । मधेश प्रदेशका सभामुख पनि एमालेका रामचन्द्र मण्डल हुन् । मधेश प्रदेशमा सबै भन्दा ठूलो दल रहेको एमालेका २४ जना सभासदस्य रहेका छन् । त्यस मध्ये १ जना स्वतन्त्र सभासदस्य पनि छन् ।

पुस १० गते संघीय सत्ताका लागि एमाले सहितका दलहरुबीच गठबन्धन भएकै आधारमा मधेश प्रदेशमा जनता समाजवादी पार्टी(जसपा)को नेतृत्वमा सरकार गठन भएको हो । जसपाका मुख्यमन्त्री सरोज कुमार यादवलाई भने प्रदेश सभामा रहेका सबै सभासदहरुले विश्वासको मत दिएर सर्वसम्मत मुख्यमन्त्री बनाएका छन् ।

- Advertisement -

एमाले सहितको संघीय गठबन्धन विघटन भइसकेको एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार राति घोषणा गरे ।

राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको प्रस्ताव गरेको छ । एमालेले सुवास नेम्वांगलाई राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएको छ । एमालेलाई सरकारबाट हटाएर लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेकपा एसलाई भित्र्याइने उच्चस्रोतले जनाए । स्रोतका अनुसार अन्य दलहरु सत्ता साझेदार नै रहेका छन् । तर सरकारबाट नहट्ने एमालेले निर्णय गरेको छ ।

मधेश प्रदेशमा एमाले एक्लिएको कारण प्रदेश सभामुख मण्डलको पद समेत धरापमा परेको छ । नयाँ सत्ता साझेदार हुन लागेको नेपाली कांग्रेसले सभामुखमा दाबी गर्दै मण्डलले राजीनामा नदिए २ तिहाईबाट हटाइने आन्तरिक छलफलमा जुटेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार