बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

लिटिल फ्लावर बन्यो प्याब्सन जुनियर फुटबलको विजेता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १४ फागुन-लिटिल फ्लावर स्कूल प्याब्सन जुनियर नकआउट फुटबल टुर्नामेण्ट २०७९ को विजेता बनेको छ । फाईनल खेलमा मुनलाईट माविलाई ३–१ स्तब्ध पार्दै लिटिल फ्लावर विजेता बनेको हो ।

- Advertisement -

आईतबार नारायणी रंगशालामा भएको खेलमा लिटिल फ्लावरले मुनलाईटलाई ३–१ ले पराजित गरेपछि यसवर्षको प्याब्सन जुनियर फुटबलको विजेता बनेको छ । फाईनल खेलको पहिलो हाफमा मुनलाईटले १ गोल गरेर अग्रता लिएपछि उसको अग्रता धेरै बेर टिक्न सकेन ।

लगत्तै पहिलो हाफमै लिटिल फ्लावरले लगालग २ गोल फर्काएपछि मुनलाईट दबाब परेको थियो । यस्तै, दोस्रो हाफ पनि लिटिल फ्लावरले थप १ गोल गरेपछि फाईनल खेल वन साइडेड बन्न पुुगेको थियो ।

- Advertisement -

प्रतियोगिताका विजेता र उपविजेतालाई समापन समारोहका प्रमुख अतिथि प्याब्सनको मधेश प्रदेशका अध्यक्ष दिपक गौतम, अन्र्तराष्ट्रिय रेफ्री गजेन्द्रमान सिंह, पर्सा फुटबल संघका अध्यक्ष रोशन गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य तुलसी भण्डारी लगायतले मेडल र ट्रफी वितरण गरे ।

प्याब्सनका बीरगन्ज नगर अध्यक्ष आलोक चौरसियालको सभापतित्वमा भएको कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, प्याब्सन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी, बीरगन्ज युवा समाजका अध्यक्ष संजीव थापा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिति रहेको प्रतियोगिताका संयोजक सुरजबाबु पटेलले जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -