शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

राष्ट्रपतिमा पौडेललाई विजयी गराउन कार्यदल गठन गर्ने आठ दलको निर्णय

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१५ फागुन । ८ दलको बैठकमा राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन कार्यदल गठन गर्ने निर्णय भएको छ ।

- Advertisement -

बैठकमा सहभागी एक नेताका अनुसार प्रत्येक दलबाट एक–एकजना सदस्य रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको छ । कार्यदललाई राष्ट्रपति निर्वाचन कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी दिइनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा माओवादी केन्द्र, कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी थिए ।

- Advertisement -

राष्ट्रपति निर्वाचनको प्रचारप्रसारका सन्दर्भमा १८ फागुनमा आठै दलका संघीय सांसदहरूको बीचमा बैठक र छलफल गर्ने, १९ गते प्रत्येक प्रदेशमा कार्यक्रम गर्ने र त्यसका लागि नेताहरू पठाउने, फागुन २३ मा सबै प्रदेशसभाका सांसदलाई काठमाडौं बोलाइसक्ने र २४ गते सबै प्रमुख नेताले सबै सांसदसमक्ष आफ्ना धारणा राख्ने निर्णय भएको छ ।

संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशिता तथा संविधानको रक्षालाई आधार मानेर राष्ट्रपति निर्वाचनका लागि समीकरण बनेको सन्देश दिइएको छ ।

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ मा र उपराष्ट्रपतिको निर्वाचन चैत ३ का लागि तोकेको छ । आठ दलका तर्फबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल उम्मेदवार छन् । उपराष्ट्रपति जसपाको भागमा परेको छ । सो पार्टीले अहिलेसम्म उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।

त्यस्तै, एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका उम्मेदवार छन् । उपराष्ट्रपतिमा एमालेले कसलाई उठाउँछ वा अन्य दललाई समर्थन गर्छ भन्ने खुलाएको छैन ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार