मङ्लबार, बैशाख ११, २०८१
Tue, April 23, 2024

ह्युम्यान राइट्स वाचले कतारका...

काठमाडाैं,११ वैशाख । मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम...

कतारका राजा थानीको स्वागतका...

काठमाडौं,११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने...

बागलुङकाे १५ वनको आगलागी...

बागलुङ,११ वैशाख । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९...

जनसंख्या विकास सम्बन्धी सम्मेलनमा...

काठमाडौं,११ वैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा...
29.1 C
Kathmandu
41.1 C
Birgunj

प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालय

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१५ फागुन । प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालय परेका छन् । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालयको जिम्मेवारी परेको हो ।

- Advertisement -

एमाले र राप्रपाले सरकारबाट बाहिरिनुका साथै समर्थन समेत फिर्ता लिइसकेका छन् भने रास्वपाले समर्थन फिर्ता लिएको छैन । राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्डको काँधमा आठ मन्त्रालय थिए ।

जसमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालय, उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय, सहरी विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय थिए ।

- Advertisement -

एमाले सरकारबाट बाहिरिएपछि प्रचण्डको काँधमा थप आठ मन्त्रालय थपिएका छन् । जसमा अर्थ मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, महिला बालबालिका तथा जेष्ठ नागरिक र रक्षा मन्त्रालय छन् ।

अहिले प्रचण्ड नेतृत्वको सरकारमा माओवादी र जनमत पार्टी मात्रै रहेका छन् । त्यसैले प्रचण्डले राष्ट्रपतिको चुनाव अघि सरकार विस्तार गर्न तयारी गरेको बताएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार