सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
12.1 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण स्थगित भएपछि कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ जाने भएका छन् ।

- Advertisement -

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको हो । मन्त्री श्रेष्ठको सचिवालयका अनुसार फागुन १९ गते श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल दोहा जानेछ भने २३ गते स्वेदश फर्कने कार्यक्रम रहेको छ ।

एलडीसी राष्ट्रहरूको सम्मेलन यही मार्च ५ देखि मार्च ९ सम्म कतारको दोहामा आयोजना हुँदैछ । पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा ‘सम्भावनादेखि समृद्धिसम्म’ विषयमा बहस हुँदैछ । विश्वका अति कम विकसित देशहरू सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने दौडमा रहेका छन् ।

- Advertisement -

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको शुक्रबार कतार जाने कार्यक्रम स्थगित गरिएको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -