शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

उमा देवी मेमोरियल फाउन्डेसनद्वारा जेहेन्दारलाई छात्रवृत्ति प्रदान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १७ फागुन-अवध नारायण उमा देवी मेमोरियल फाउन्डेशनद्वारा मंगलबार एक कार्यक्रमका बीच जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

- Advertisement -

बीरगन्ज विर्तास्थित त्रिजुद्ध माविको कक्षा ८ मा अध्ययनरत सर्वोत्कृष्ट अंक ल्याएका ४ जना विद्यार्थीलाई फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेको हो । विद्यालयका छात्राहरु अरुणा कुमारी, शालु कुमारी ठाकुर, सञ्जना पटेल लगायतलाई टिका खादा लगाई प्रमाण पत्र सहित नगद पाँच हजार पाँच रुपैंया छात्रवृत्ति प्रदान गरिएको हो ।

फाउन्डेसनका संयोजक तथा नेकपा एसकी नेतृ तथा पूर्व सांसद डा. पुष्पा कर्णको प्रमुख आतिथ्यमा र शम्भु कर्णको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

- Advertisement -

कार्यक्रममा बीरगन्ज महानगरपालिका ३ का वार्ड अध्यक्ष बैजु लाल स्वर्णकार, वार्ड ४ का अध्यक्ष जगत साह कानु, त्रिजुद्ध स्कूलका प्रधानाध्यापक हरेन्द्र कुर्मी, बीरगंज महानगपालिका शैक्षिक प्रशासन फाँटका हरि राउत कुर्मी लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण अनिल पटेलले गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -