प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देशको ब्यहोरा सभामुखले बैठकलाई जानकारी गराउने संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बताए ।
त्यसैगरी आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।
सोहीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ु लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सोहीअनुसार प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त भएको बारेको जानकारी पनि सभामुख देवराज घिमिरेले गराउनुहुने कार्यसूची तय गरिएको छ ।