सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

बीरगन्जबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१८ फागुन । बीरगन्जबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल जिल्ला माल्दा बमनग्राम बस्ने २९ बर्षीय महम्द नायम शेख र गोरखा घार्चे गाउँपालिका–६ घर भई हाल काठमाडाैँ–२६ मा बस्ने सुरेश घले छन्।

- Advertisement -

बीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकखण्डबाट वडा प्रहरी कार्यालय विर्ता र लागुऔषध नियन्त्रण व्युरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोली सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममाा रक्सौलबाट बीरगन्जतर्फ आईरहेका महम्द नायम शेखलाई खानतलासी गर्दा उनले भिरेको झोलामा लुकाइ छिपाइ प्लाष्टिकमा बेरिएको ३ वटा प्याकेट गरी जम्मा खैरो हिरोइन ३०० ग्राम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

- Advertisement -

पक्राउ परेका शेखसंग प्रारम्भिक अनुसन्धानको घलेले सो खैरो हिरोईन मगाएको खुल्न आएकोले घलेलाई समेत लागु औषध अनुसन्धान व्युरो कोटेश्वर संग समन्वय गरी पक्राउ गरिएको उनले बताए ।पक्राउ परेका दुबै जनालाई लागुऔषध मुद्दामा अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको गिरीले बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -