सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
12.1 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

जनकपुरमा मिटरब्याज तथा लघुवित्त पीडितहरुले गरे सरकारविरुद्ध प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१८ फागुन । मिटरब्याज तथा लघुवित्त पीडितहरुले जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

- Advertisement -

रंगभूमि मैदान बाह्रविघाबाट सुरु भएका पीडितहरुको जानकीचोक, जनकचोक, रामचोक, कदमचोक, भानुचोक र मिल्स एरियामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गर्दै उनीहरु मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेत घेराउ गर्ने प्रयास गरेका छन् ।

- Advertisement -

मधेश प्रदेश सरकारलाई १५ साउनमा बुझाएको ७ बुँदे मागसहितको ज्ञापनपत्रमाथि कुनै सुनुवाइ नभएको भन्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको संघर्ष समिमितका अभियन्ता संघर्ष दहालले बताए ।

मिटर ब्याज विरुद्ध संघर्ष समितिले १० सुत्रीय माग राख्दै प्रदर्शन गरेको हो ।

मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, पीडितहरुको जफत गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने, मिटर ब्याजीको सम्पत्ति छानबिन गर्नुपर्ने, सहुलियत दरमा ऋणको व्यवस्था, मिटर ब्याजीबाट पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीबाट पीडितमाथि गरिएको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।

यस्तै तमसुक व्यवस्था खारेज गर्नुपर्ने, लघुवित्तको ज्यादती बन्द हुनुपर्ने, गरिबलाई झुक्याएर पैसा लुट्ने लघुवित्त माथि कारबाही गर्नुपर्ने लगायतको माग उनीहरुको छ ।

मिटरब्याज पीडितमाथि सुदखोरको शोषण बढेको, मुद्दा लगाएर जेल पठाउने काम गरिरहेको र घर, घडेरी, सम्पत्ति गैरकानुनी रुपमा कब्जा गर्ने सिलसिला चलिरहेको मिटर ब्याज विरुद्ध संघर्ष समितिले जनाएको छ ।

मिटरब्याजसहित पछिल्लोसमय देखिएका लघुवित्तका समस्याहरु तत्काल समाधान नभए कडा संघर्षमा उत्रने चेतावनी संघर्ष समितिका मधेश प्रदेश संयोजक मनोजकुमार पासवानले चेतावनी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -