पर्सा,१८ फागुन – पर्सा प्रहरीले ८० किलो लागु औषध गाँजा नष्ट गरेको छ । पर्साको ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीले ७ महिना देखि विभिन्न स्थान र मितिमा बेवारिसे अवस्थामा बरामद गरेको ८० किलो अबैध लागु औषध गाँजालाई स्थानीय सरोकारवालाहरुको रोहवरमा बिहिवार जलाएर नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीको प्रहरी निरिक्षक किशोर आचार्यकै सक्रियातामा बरामद गरिएको गाँजा,वडा सदस्यहरु ,बुद्धिजीवी,सञ्चारकर्मी लगायतका उपस्तिथिमा ईलाका प्रहरी कार्यलय पटेर्वासुगौली परिसरमा आगो लगाई नष्ट गरेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ।