एजेन्सी । मदिरा यस्तो चीज हो जसको नशा लागेमा मासिनलाई कुलतको बाटोतिर लान सक्छ । अध्याधिक मदिरापानले विभिन्न रोग निम्त्याउने मात्र होइन मानिसको ज्यान समेत जान सक्दछ । कोही कोही अध्याधिक मदिरा सेवन गर्ने गर्दछ भने कोही कोही लिमिटले पिउन रुचाउने हुन्छन् । तर कहिलेकाहीँ पिउँदै जाने क्रममा दिमाग ह्याङ हुन थाल्दछ र बोमिट हुने संभावना उत्तिकै रहन्छ र त्यो समय टाउको दुखेर बेकारै खाएको अनुभव हुन आउँछ । जसका कारण उठेर हिँड्न खोज्दा पनि ठोक्किँदै हिँड्नुपर्ने, बोली लरबरिने तथा अस्पष्ट देखिने हुन्छ, जसलाई ह्याङओभर भनिन्छ । तसर्थ यस्तो कारण ननिम्त्याउन यस्ता केही उपायहरूको बारेमा यहाँ जानकारी दिइएको छ स्
– ह्याङओभर उतार्ने सबैभन्दा सरल उपाय भनेको प्रशस्त निदाउनु हो, यसले तपाईंको शरीरलाई आराम दिई शरीरमा भएको नशा बिस्तारै घट्दै जान्छ ।
– यदि ह्याङओभरका कारण तपाईं लड्नुभएको छ भने कसैको सहायता वा आफैं चिसो हावा आउने ठाउँमा जाने प्रयास गर्नुहोस्, त्यसपछि लगातार नुन पानी पिउनुहोस् ।
(मदिरा पिउँदापिउँदै ह्याङओभर सुरु भयो भने तुरुन्तै थप मदिरा पिउन बन्द गर्नुहोस् र तत्काल कागती चिया पिउनुहोस् ।
(कागती चिया, कालो चिया, कागती पानी वा कागतीलाई सिधै खाएमा ह्याङओभर कम हुन जान्छ ।
– ह्याङओभरमा सकेसम्म दबाबमूलक वान्ता हुनबाट बच्नुपर्छ । यदि मदिरा पिएको १० मिनेटभित्रै तपाईंलाई बान्ता भएन भने वान्ता गर्न बल नगर्नुहोला ।
– टमाटरको रस, सुन्तलाको जुस, अदुवा हालेको कालो चिया तथा धनियाँ र सख्खरको मिश्रण खाएमा पनि मदिराको ह्याङओभर कम हुने गर्दछ ।
– यदि वान्ता आउन खोजेको छ भने त्यसलाई रोक्नु हुँदैन । किनकि शरीर मदिराबाहिर निकाल्न चाहन्छ । यसलाई रोकेमा उल्टो हानि हुने गर्दछ ।
– मदिरा पिउँदा शरीरमा हुने घोलीय पर्दाथमा नशा हुने भएकाले अत्यधिक मात्रामा पानीको सेवन गरेर पिसाबको माध्यमबाट त्यसलाई निकाल्न सके पनि ह्याङओभर कम हुन्छ ।
– ह्याङओभर देखिन थालेपछि स्वच्छ हावामा केही बेर बसेर तातोपानीले नुहाउनुपर्छ । यदि ह्याङओभर अत्यधिक मात्रामा छ भने चिसो पानीले टाउको धुनुपर्छ ।
– अदुवाको प्रयोगले पनि मदिराको नशा उतार्ने भएकाले केही टुक्रा अदुवालाई मुखमा राखेर चपाई मनतातो पानीले निलेमा पनि ह्याङओभर कम गर्न सकिन्छ ।
– पानीमा नुन र सख्खर हाली घोल बनाएर पिएमा मदिराको नशा कम हुन्छ, साथै शरीरमा भएको पानीको कमी पनि पूरा हुने गर्दछ ।