सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
12.1 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

आइतबारदेखि नारायणगढ-मुग्लिन सडक बन्द नहुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन — नारायणगढ-मुग्लिन सडक भोलि आइतबारदेखि दिउँसोमा बन्द नहुने भएको छ । फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो ।

- Advertisement -

भोलिबाट नारायणगढ मुग्लिन सडक खण्डमा चौबीसै घण्टा गाडी चल्ने नारायणगढ मुग्लिन सडक, नौबीसे-मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी रहेका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको छ । त्यसमध्ये तुइन खोलामा मुग्लिन तर्फको पहाडको भागमा कडा चट्टान परेका कारण मेसिले काम गर्न नसकेर विस्फोट गराउने निणर्य भएको छ ।

- Advertisement -

‘अरू ठाउँको पहाड काट्ने काम लगभग सकियो । तुइन खोलाको एकातर्फ विस्फोट नै गराउनु पर्ने भएको छ । त्यो काम प्रक्रियामा नै छ । अब भोलि आइतबारदेखि बाटो चौबीसै घण्टा चल्ने छ,’ इन्जिनियर आचार्यले भने । विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्ने उनले बताए ।

पुस ५ गतेदेखि महिना दिनका लागि भनेर बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुन सुरू भएको थियो । काम नसकिएपछि माघ ५ बाट मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म बाटो बन्द हुने गरेको हो । कुल १५ वटा पुल बनाउन तीन वर्षअघि काम सुरू भएको थियो । जसमध्ये नौ वटा पुलको काम मात्र लगभग सकिएको छ । ५ वटा पुलको काम सुरूवात हुँदै छ भने एउटा पुलको काम सुरू नै हुन सकेको छैन ।

नारायणगढ-मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पुर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिला साँघुरो रहेको यो सडकलाई दुई लेनको फराकिलो बनाए पनि पुलहरू पुराना, साँघुरा र कुनै ठाउँ निकै जीर्ण पनि छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -