फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दै आफुखुशी मूल्य बढाएमा कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले चेतावनी दिएका छन् । होलीलाई लक्षित गर्दै वीरगञ्जका मासु व्यवसायीहरुले आफुखुशी मूल्य बढाउने गरेको गुनासोलाई सम्बोधन गर्दै एसपी शाहले मनोमानी मूल्य बढाएमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
अहिले १ हजार रुपैयाँ प्रति किलोमा खसीको मासु बिक्रि भईरहेकोमा (होली) पर्वलाई लक्षित गर्दै व्यवसायीहरुले मनोमानी रुपमा बढाएर बिक्री गरेको पाइएमा कारवाही गर्ने एसपी शाहको भनाई छ ।
मासु व्यवसायीहरुले आफुखुशी मूल्य बढाएर विक्री गरेको जानकारी पाएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन समेत एसपी शाहले उपभोक्तासँग आग्रह गरेका छन् ।