शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

मौसम : पहाडी भूभागको केही स्थानमा चट्याङसहित वर्षा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जल तथा मौसम विज्ञान विभागले आज देशको पहाडी भूभागको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने बताएको छ । देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ ।

- Advertisement -

आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने र राति कोशी र गण्डकी प्रदेशको पहाडि भूभागको एक दुई स्थानमा पनि हल्का वर्षा हुने विभागले जनाएको छ । उच्च पहाडी भूभागको एक दुई स्थानमा हल्का हिमपात हुनेछ ।

सोहीअनुसार भोलि २५ गते बिहीबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा मघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सोही राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा बदली कायमै रहने र उच्च पहाडी भूभागको एक दुई स्थानमा हल्का हिमपात हुनेछ ।

- Advertisement -

यसैबीच फागुन २६ गते शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली कायमै रही पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । सोही राति देशको पहाडी भूभागमा बदली कायमै रही केही स्थानमा पानी पर्ने र बाँकी भूभागमा मौसम सफा रहने छ । पहाडी भूभागमा हल्का वर्षा हुने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -