बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

मधेशमा होलीमा मदिरा सेवनगरी सवारी चलाउँदा १६ जनाको मृत्यु ,१७२ जना घाईते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २५ फागुन । होली पर्वमा जथाभावी मदिरा सेवनगरी सवारी चलाउदा मधेश प्रदेशका आठ जिल्लामा १६ जनाको मृत्यु भएको छ भने, १७२ जना घाईते भएकाे छ।

- Advertisement -

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले आज एक प्रेस नोट जारी गर्दै मधेश प्रदेशका आठ जिल्लामा होली पर्वमा दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्र्तगत फागुन २२ गतेदेखि २४ गतेसम्म राजमार्ग तथा सहायक मार्गहरुमा चेकजाचलाई कडाई गरेको थियो ।

सो अवधीमा मधेश प्रदेशका आठ जिल्लामा १ सय १९ वटा सवारी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको र १ सय ७२ जना घाईते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख एसपी सन्तोष कुमार भट्टराईले नेपाल पाेष्ट डेलीलाइ जानकारी दिए ।

- Advertisement -

तीन दिनको अवधीमा ट्राफिक प्रहरीले २ हजार ७ सय १७ सवारीसाधनलाई ट्राफिक नियम उलंधन गरेको आरोपमा कारवाही गरेको र कारवाही वापत २० लाख ९४ हजार ५ सय जरिवाना असुल गरिएको भट्टराईले बताए । त्यसैगरी सो अवधीमा मादकपद्धार्थ सेवनगरी सवारी चलाउने १ सय २३ जनालाई कारवाही गरिएको ७ सय ९४ थान सवारीसाधन नियन्त्रणमा लिएको र तिब्रगतीमा सवारीसाधन चलाउने २० जनालाई कारवाही गरिएको समेत भट्टराईले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -