बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

आज – ०६ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा...

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...

नाकाबन्दीमा भारतले सहयोग नगर्दा...

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले...

खाडी क्षेत्रमा २५४ मिलिमिटरसम्म...

काठमाडौँ,०५ वैशाख । खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा...
17.1 C
Kathmandu
24.3 C
Birgunj

श्री एयरलाइन्स निलम्बनमा, उडान गर्न नपाउने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो ।

- Advertisement -

प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले बिगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताए ।

“क्यानका प्राविधिकले जहाजको इन्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउँछन्, बिगतमा श्रीकै प्राविधिकले जाँच गरेपछि उडान भर्ने गरेकाले समस्या देखियो । बिहीबारको घटनापछि जहाज निलम्बनमा छ”, प्रवक्ता निरौलाले भने । प्राधिकरणको यो निर्णयपछि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन् ।

- Advertisement -

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार क्यानले ढिलो निर्णय दिएकाले यात्रुलाई समयमै खबर गर्न नपाउँदा मर्कामा परेका बताए । आजका लागि १४ उडान निर्धारण गरिएकामा हालसम्म तीन उडान रद्द भइसकेका छन् । प्राविधिक जाँचपछि दिउँसोसम्म बाँकी उडान भर्ने सम्भावना रहेको उनले बताएख। व्यवस्थापक मानन्धरले भने “क्यानको निर्णय’bout हामीलाई आज बिहान साढे सात बजेमात्र जानकारी भयोे, बिहीबार साँझसम्म खबर पाएको भए यात्रु व्यवस्थापनमा सहज हुने थियो ।”

बिहीबार काठमाडौँबाट भैरहवाका लागि उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । श्री एयरलाइन्सका साना–ठूला गरी आठ जहाज छन् । तीमध्ये चारवटा मात्रै सञ्चालनमा छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार