शनिबार, असार २, २०८१
Sat, June 15, 2024

झडपको भिडियो मोवाईलमा कैद...

वीरगंज,२ असार - सार्वजनिक भवन तोडफोड गर्ने क्रममा स्थानिय र प्रहरी बिच भएको...

रौतहटमा शौच गर्न निस्किएका...

१ असार, रौतहट । रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपरान्ह एक जना...

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा...

१ असार, कञ्चनपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका...

बजेट कति ठीक र...

१ असार, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...
25.1 C
Kathmandu
31 C
Birgunj

उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या गलत : सांसद यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २६ फागुन । जनता समाजवादी पार्टी जसपाले उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या सही नहुने बताएको छ ।

- Advertisement -

निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले यो भन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपति पदको उम्मेदवार हुन सक्ने भनी विज्ञप्ति निकालेको छ ।

आयोगले विज्ञप्ति निकालेपछि जसपाले निर्वाचन आयोगले पुरुष राष्ट्रपति भएकाले महिला मात्रै उपराष्ट्रपतिको उम्मेदवार हुुन सक्ने भन्न नमिल्ने प्रतिक्रिया दिएको हो ।

- Advertisement -

‘निर्वाचन आयोगलाई आफूखुसी संविधानको व्याख्या गर्ने अधिकार छैन् । यदि उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन सक्छ भनियो भने त्यो गलत हुन्छ’ जसपाका सांसद प्रदिप यादवले भने ।

जसपाले उपराष्ट्रपति आफूले पाउनु पर्ने दाबी सत्ता गठबन्धनमा गरेको छ । र उसले बारा–२ बाट प्रतिनिधि सभामा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय नै गरिसकेको छ । यादवले भने, ‘आयोगले फरक लिङ्ग वा फरक समुदायको हुनुपर्ने भनेको छ । हामीले फरक समुदायका व्यक्तिलाई उम्मेदवार बनाउने निर्णय गरेका छौँ ।’

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार