सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ ।
प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै परेको रिटमा शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षी (प्रचण्ड)का नाममा कारण देखाऊ आदेश जारी गरेको हो । साथै मुद्दालाई अग्राधिकार समेत दिइएको छ ।
‘निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने केही कारण भए बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ,’ सर्वोच्चका प्रवक्ता विमल पौडेलले भने ।
मुद्दाको टुंगो अन्तिम सुनुवाइपछि लाग्ने भन्दै तत्काल अन्तरिम आदेश भने दिनुनपर्ने ठहर सर्वोच्चले गरेको छ ।