सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
12.1 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

ठाकुरराम बहुमुखी क्याम्पसको आगजनी घटनामा पक्राउ परेका बिधार्थी नेताहरु रिहा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२६ फागुन – ठाकुरराम बहुमुखि क्याम्पसको आगजनी घटनामा पक्राउ परेका बिधार्थी नेताहरु शुक्रवार बेलुका रिहा भएका छन् । मतदाता नामावलीको विषयमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेस्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी लगायतका नेताहरु क्याम्पस प्रमुख र निर्वाचन अधिकृतसँग विवाद गरिरहेका बेला केही विद्यार्थीले पेट्रोल छर्केर विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगो लगाएका थिए ।

- Advertisement -

आगजनीमा संमलग्न रहेको आशंकामा प्रहरीले ३ जना विद्यार्थी नेताहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जना बिधार्थी नेताहरु सुजित गिरी, मनिष चौहान तथा शिवम साह शुक्रवार रिहा भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दिपक गिरीका अनुसार पक्राउ परेका नेताहरु उपर कुनै किसिमको उजुर वाजुर नपरेको तथा क्याम्पस चिफ आफै रिहा गर्न सिफारिस गरेपछि पक्राउ परेका बिधार्थी नेताहरुलाई रिहा गरिएको हो । क्याम्पसमा बिधार्थीहरुले आगजनी गरेको सूचना प्राप्त भएपछि शान्ती सुरक्षाको लागि प्रहरी टोली पुगेको तथा सो क्रम उनीहरुलाई पक्राउ गरिएको डिएसपी गिरीले बताए ।

निर्वाचन समितिले २१ गते प्रकाशित गरेको १० हजार २ सय ३२ नामावली मध्ये ८ सय फर्जि मतदाता रहेको आरोप लगाउँदै विद्यार्थीहरुले क्याम्पस प्रमुख र निर्वाचन अधिृकतका विद्यार्थी नेतासँग विवाद गरेपछि विद्यार्थीहरुले क्याम्पसका आगजानी गरेको थियो । विवाद पश्चात विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले क्याम्पस प्रमुख उमेश चौरसिया समक्ष राजीनामा पत्र बुझाएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -