बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

चुनाव बिथोल्ने अभिप्रायले क्याम्पसमा आगजनी गराइएको नेविसंघको ठहर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२७ फागुन – ठाकुरराम बहुमुखी क्याम्पसमा भएको आगजनीको घटनामा आफ्नो संगठनको कुनै सहभागी नरहेको नेपाल बिधार्थी संघ जिल्ला कार्यसमिति पर्साले जनाएको छ । संघले बीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसको चमेना गृहमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी घटनामा आफ्नो संगठनको कुनै संलग्नता नरहेको जनाकारी दिएको छ ।

- Advertisement -

पत्रकार सम्मेलनमा बितरण गरिएको प्रेस बिज्ञप्ती मार्फत नेविसंघले आगजनीको घटनाको भत्र्सना गरेको छ । साथै एक हजार भन्दा बिधार्थीको नाम त्रुटी पूर्ण रुपमा देखिन आएको बारे सत्य तथ्य छानविन गरी दोषी कर्मचारीहरु उपर  कारवाहीको नेविसंघले माग गरेको छ । त्रुटी सच्याउने बिषयमा क्याम्पस प्रशासन एंव बिधार्थी संगठन बिच छलफल भइरहेको वेलामै केहि उत्सृखल ब्यक्तिहरुको हुलले क्याम्पसको चुनावी वातावरण बिथोल्ने अभिप्रायले आगजनीको घटना गराइएको नेविसंघका पदाधिकारीहरुले पत्रकार सम्मेलनमा बताए ।

पत्रकार सम्मेलनमा नेविसंघका नेताहरुले त्रुटी सच्याएर अन्तिम नामावली प्रकाशित गर्नु पर्ने तथा लोकतान्त्रिक प्रकृया एवं सबै संगठनहरु समाहित भई चुनाव सम्पन्न गर्न नियमन निकायसँग माग गरेको छ ।

- Advertisement -

नेविसंघ पर्साका अध्यक्ष रमेश यादवको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मलेनमा नेपाली काग्रेस पर्साका सहसचिव नविन सिंह,तरुण पर्साका सभापती विकाश तिवारी,नेविसंघ ठाकुरराम एकाई समिति अध्यक्ष मनोज साह,प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, नेिवसंघका बिधार्थी नेताहरु लगायतको उपस्थिती रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -