सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

अमेरिकामा ‘डुब्यो’ १६औं ठूलो बैंक, वित्तीय संकटको खतरा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । अमेरिकामा सन् २००८ को वित्तीय संकटपछि बैंक डुबेको छ । नियमनकारी निकायले अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी)लाई बन्द गराएको हो ।

- Advertisement -

बैंकले तरलता व्यवस्थापन गर्न नसक्दा निक्षेपकर्ताको पैसा फिर्ता गर्न सकेको थिएन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एसभीबीमा दुई लाख ५० हजार अमेरिकी डलरसम्म निक्षेप भएका निक्षेपकर्ताहरु भने सुरक्षित छन् ।

अमेरिकाको फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआईसीले व्यक्तिको बैंकमा हुने २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेपको बिमा गरेको हुन्छ । बैंक डुबे पनि दुई लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेप बिमा कम्पनीले फिर्ता दिन्छ ।

- Advertisement -

एसभीबी बैंक अमेरिकामा आइटी कम्पनीलाई ऋण दिने क्रिप्टो कम्पनीलाई ऋण बढी दिने बैंकको रुपमा चिनिएको थियो । क्रिप्टो फर्महरुलाई दिएको कर्जा र पछिल्लो समय बढेको ब्याजदर तथा क्रिप्टो मार्केटमा आएको संकटले बैंक डुब्ने स्थितिमा आएको हो ।

बैंकले दुई खर्ब ९ अर्ब अमेरिकी डलर बराबरको ऋण दिएको थियो भने बैंकमा एक खर्ब ७५ अर्ब अमेरिकी डलर बराबरको निक्षेप थियो ।

सन् २००८ पछि १६ औं ठूलो बैंक डुबेपछि अमेरिका ट्रेजरी सेक्रेटरी जैनेट एलेनले अमरिकन नियमनकारी निकायसँग आपतकालीन छलफल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

“सेक्रेटरी एलेनले बैंकिङ क्षेत्रमा आएको समस्याको बारेमा संवेदनशिल छन्नि । यमनकारी निकायले यसको बारेमा उचित निर्णय लिनेछन्,”एलेनले जारी गरेको विज्ञप्तिमा भनेकी छन् ।

बैंकका साना निक्षेपकर्ता आफ्नो पैसा कसरी फिर्ता लिने भन्नेमा चिन्तामा रहेको सञ्चारमाध्यहरुले जनाएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -