शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
18.1 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

संगठनबाट निष्कासित व्यक्तिलाई संरक्षण गर्न खाजिएको बिज्ञप्तीको समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेश सचिवद्वारा खण्डन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२९ फागुन – संगठनबाट निष्कासित गरिएको व्यक्तिलाई संगठनकै केही व्यक्तिहरुले संरक्षण गर्न खाजेको भन्दै समाजवादी प्रेस संगठन मधेश प्रदेश कमिटिले आपत्ति जनाएको छ । संगठन मधेश प्रदेशका सचिव रमेश सुवेदीले एक प्रेस बिज्ञप्ती प्रकाशित गरी पत्रकारहरुको आपसी सहमतीमै सुल्झि सकेको समान्य बिवादलाई फेरी हवा दिन खाज्नु दुखद रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । साथै पत्रकारहरुको बिचको बिवादलाई अनावश्यक रुपमा नबढाई आपसी सहमतीमै सुल्झाउन बिज्ञप्तीमा सचिव सुवेदीले माग गरेका छन् ।

- Advertisement -

प्रदेश समितिका सचिव सुवेदीद्वारा हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तिमा मिति २०७९/११/२१ गतेका दिन पत्रकार पत्रकारबीच भएको विवादको विषय जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी नायब उपरीक्षक दिपक गिरी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी सहित एक दर्जन भन्दा बढि पत्रकारहरुको उपस्थितिमा मौखिक रुपमा सहमति भई विवाद सल्टि सकेको अवस्थामा अन्यत्रबाट संचालित भएर पुनः एक सप्ताहपछि उजरी दिने कार्य गरेको र त्यसको समर्थमा संगठनका प्रदेश समितिका अध्यक्ष प्रवीण साहले हचुवाको भरमा कसैसँग सल्लाह नै नगरी संगठनबाट निष्काशन गरि सकिएको व्यक्तिको संरक्षणको लागि विज्ञप्ति जारी गरेकोप्रति हाम्रो घोर आपत्ति छ भन्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा संगठनका केही व्यक्तिले आफ्नो राजनीति स्वार्थ सिद्ध गर्ने उद्देश्यले संगठनलाई नै भाँडभैलो मच्चाउने गरि केही कथित व्यक्तिलाई प्रयोग गरि संगठनलाई नै प्रयोग गरिएको हाम्रो ठहर छ भन्ने उल्लेख गरिएको छ । संगठनका केन्द्रि सदस्य बृजलाल पासवान, पर्साका अध्यक्ष मनोज पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन, कोषाध्यक्ष हरिशंकर शर्मा लगायतका पत्रकारहरु संलग्न रहेको विषय मौखिक रुपमा समाधान गरि सकिएको अवस्थामा त्यही विषयलाई लिएर संगठनको प्रदेश समिति एवम् पदाधिकारीहरुबीच पनि कुनै किसिमको राय सल्लाह नै नगरी अध्यक्ष साहले विज्ञप्ती जारी गरेकोले त्यो कुनै संगठनको धारणा वा मांग नभएर सिंगो व्यक्तिको धारणा रहेको जानकारी गराइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -