शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

एसएमएस गर्दै भोट माग्दै उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,३० फागुन । उपराष्ट्रपतिका उम्मेदवार रहेका जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव एसएमएस गर्दै भोट माग्न व्यस्त छन्।

- Advertisement -

यही चैत ३ गते उपराष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। निर्वाचन आयोगले आज राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाइने समय तोकेको छ।

प्रचारप्रसार गर्न पाइने अन्तिम दिन आज यादव एसएमएस गर्दै सांसदहरूसँग मत मागिरहेका छन्।

- Advertisement -

यादव सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा साझा उम्मेदवार हुन्। आफूले संघीय र प्रदेश सभाका सांसदहरूलाई एसएमएस गरेर मत मागिरहेको यादवले  बताए।

उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले मतदान गर्न पाउँछन्।

‘मैले सबै माननीयज्यूहरूलाई फोन र एसएमएस गरेको छु। संभव भएसम्म भेट पनि गरेको छु,’ यादवले भने, ‘मलाई उहाँहरूको सहयोग रहन्छ भन्ने अपेक्षा छ।’

उनले आफू उपराष्ट्रपति निर्वाचित भएमा संविधानले दिएको जिम्मेवारी पूरा गर्ने बताए।

यादवले सोमबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका थिए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -