शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

एकीकृत समाजवादीले सदस्यहरूको सदस्यता...

काठमाडौँ,०७ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका...

जन्ती बस दुर्घटनामा ज्यान...

काठमाडौँ,०७ वैशाख । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने...

भारतमा संघीय संसदको लागि...

काठमाडौं,०७ वैशाख । छिमेकी देश भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनकालागि निर्वाचन...

सुनको मूल्य तोलामा ७००...

काठमाडौं,०७ वैैशाख । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको...
26.1 C
Kathmandu
38 C
Birgunj

बाराबाट हतकडीसहित भागेका प्रतिवादी पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०२ चैत । बारामा हतकडीसहित भागेका प्रतिवादी पक्राउ परेका छन्।

- Advertisement -

पचरौता नगरपालिका-८ बाजोपट्टी बस्ने ३६ वर्षीय अंसिकलाल यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी पुरूषोत्तम पाण्डेले बताए। उनी ज्यान मार्ने उद्योगका प्रतिवादी हुन्।

कात्तिक १९ गते बिहान १० बजे बाजोपट्टीका कपिलदेव यादव, गोपाल यादव, दुगान्धी देवी समेतलाई उनीसहित ६ जनाले मिलेर ज्यान मार्ने मनसायले घेरा हालेर बाँस, फलाम लगायतले प्रहार गरेका थिए।

- Advertisement -

यस घटनामा फरार रहेका अंसिकलाललाई प्रहरीले पुस ४ गते पक्राउ गरेको थियो। उनलाई प्रहरीले बाराको बेलाहीस्थित महावीर झन्डा मेलामा फेला पारेको थियो।

उक्त मेलामा फेला पारी हतकडी लगाएर ल्याउने क्रममा मेलामा स्थानीय व्यक्तिहरूले प्रहरीसँग तानातान गर्ने क्रममा उनी भागेका थिए। त्यसपछि खोजी गर्नेक्रममा उनलाई बिहीबार बारागढी गाउँपालिका-४ मा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

उनलाई आजै बारा जिल्ला अदालतमा पेश गर्ने प्रहरीको तयारी छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार