सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

पर्सामा पर्यटन पत्रकारिता विकासको आवश्यकता : अध्यक्ष तिवारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज (पर्सा), २ चैत । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पर्यटन पत्रकारिता विकासको आवश्यकता रहेको जनाएका छन् । वीरगंज महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले चितवनको सौराहा स्थित आयोजना गरेको ‘आम सञ्चारकर्मीहरुको दक्षता अभिवृद्धि’ सम्बन्धि तीनदिने तालिमलाई सम्बोधन गर्दै अध्यक्ष तिवारीले पर्सेली पत्रकारितामा पर्यटन पत्रकारिताको विकास अपरिहार्य रहेको जनाएका छन् ।

- Advertisement -

पर्यटन गतिविधिलाई नजिकबाट निकाल्ने उद्देश्य सहित पर्सेली पत्रकारिताको इतिहासमा पहिलो पटक पर्सा बाहिर पत्रकारिता तालिमको आयोजना गरिएको बताए । उनले मनोरञ्जनका साथ साथै पर्यटनको विकास बारे पनि पत्रकारहरुले कलम चलाउने आवश्यकता रहेको भन्दै वीरगंजमा तालिमको आयोजना गर्दा सिकाई भन्दा पनि हाजिर बनाएर गायब हुने परिपाटीले गर्दा पनि यस पटक वीरगंज बाहिर पत्रकारिता तालिमको आयोजना गरिएको बताए ।

चैत २ देखि ४ गतेसम्म संचालन हुने पत्रकारिता तालिममा मनोरञ्जन, पर्यटन र पत्रकारिताको सिकाईबारे प्रशिक्षण दिइने उनको भनाई छ । तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष एवं पत्रकारिता क्षेत्रमा विद्यावारिधि गरेका डा. महेन्द्र विष्टले सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नेछन् ।
तालिमको पहिलो दिन आयोजिन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दासले पर्सेली पत्रकारिता क्षेत्रमा तालिमको आवश्यकता रहेको अवस्थालाई मध्यनगर गर्दै वीरगंज बाहिर तालिमको आयोजना गरिएको बताए ।

- Advertisement -

उनले पहिलो पटक जिल्ला बाहिर तालिमको आयोजना गरिएकोले यसलाई सहभागी पर्सेली पत्रकारहरुले अवसरको रुपमा लिनुपर्ने बताए । साथै उनले तिन दिने तालिमलाई सिकेका कुरालाई प्रभावकारी रुपमा व्यवहारमा लागु गर्न सबै पत्रकारहरुलाई आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको सभापतित्वमा आयोजित तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य महेश चन्द्र गौतम, प्रेस युनियन नेपालका केन्द्रिय सदस्य निलिमा पौडेल, प्रेस सेन्टरका केन्द्रिय सदस्य कृष्णाउदास खनाल, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष विजय भण्डारी, समाजवादी प्रेस संगठन नेपाल पर्साका उपाध्यक्ष शम्भु कुमार सुमन लगायतका पत्रकारहरु सहभागिता रहेको छ ।
नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काले संचालन गरेको कार्यक्रममा ३० जना पर्सेली पत्रकारहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -