सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

नेपाल विश्वकप क्रिकेट छनोटमा प्रवेश गरेपछि मधेशका खेलाडी झा र शेखलाई २/२ लाख पुरस्कार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मधेश प्रदेश सरकारले नेपाली राष्ट्रिय टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही २/२ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

- Advertisement -

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीवार युनाइटेड अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा खुशी व्यक्त गर्दै मधेश प्रदेशले टोलीका महत्त्वपूर्ण खेलाडीद्वय झा र शेखलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

दुवै जना मधेशबाट प्रतिनिधित्व गर्ने खेलाडी रहेको उल्लेख गर्दै प्रदेश सरकारले जनही २/२ लाख प्रोत्साहनस्वरूप दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिए ।

- Advertisement -

सानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई ज्ञापन समेत गरेका छन् । बिहीवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले यूएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा ९ रनले पराजित गरेको हो ।

जीतसँगै नेपालले एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने तय गरेको छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -