सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
12.1 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

उपराष्ट्रपतिमा विजयी भए संविधानको रक्षा गर्नेछु : रामसहाय यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०३ चैत । उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएमा राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्ने बताएका छन् ।

- Advertisement -

शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानको पालना गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्ने र इमान्दारितापूर्वक जनताको पक्षमा काम गर्ने बताएका हुन् ।

उनले भने, ‘संविधानमा राष्ट्रपति/उपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ । राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको रक्षा गर्नेछु । संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ । नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्न मेरो भूमिका रहनेछ । म इमान्दारितापूर्वक जनताको पक्षमा काम गर्नेछु ।’

- Advertisement -

यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गर्दै सबैले आफूलाई नै मत दिने विश्वास व्यक्त गरे । ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरुले मत दिएर मलाई जिताउनु हुनेछ,’ उनले भने ।

१० दलीय गठबन्धनबाट जनमत पार्टीकी ममता झा र नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य पनि उपराष्ट्रपति पदको उम्मेदवार छन् ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -