जनकपुर,०३ चैत । सप्तरीमा दुईपक्षबीच झडप हुँदा तीनजना घाइते भएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका २ पिपराही टोल बस्ने सुर्य नारायण यादवर र शुभ नारायण यादव पक्षबीच झडप भएको हो ।
ऐलानी जग्गा जमिनको विषयमा विवाद भएर झडप हुँदा शुभ नारायण पक्षका उनका छोराद्वय वर्ष २० का प्रबेश कुमार यादव र वर्ष १८ का चिनु भन्ने मिथलेश यादव घाइते भएका छन् ।यस्तै सुर्य नारायण पक्षका उनका छोरा २४ वर्षीय सन्तोष यादव घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले बताए ।