सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
12.1 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

उपराष्ट्रपतिका दुई महिला उम्मेदवार, जसले आफैंलाई मतदान गर्न पाएनन्

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०३ चैत । आज शुक्रबार मतदान भइरहेको उपराष्ट्रपतिको निर्वाचनमा तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमध्ये दुई जना महिला उम्मेदवार नै चुनावी मैदानमा रहेका छन्।

- Advertisement -

उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनका दुई घटक जनता समाजवादी र जनमत पार्टीबाट दुई जना उम्मेदवार नै चुनावी प्रतिस्पर्धामा रहेका छन्।

सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव चुनावी मैदानमा छन् यस्तै गठबन्धनकै एक घटक जनमत पार्टीबाट ममता झा समेत चुनावी मैदानमा रहेकी छिन् । एमालेबाट अष्टलक्ष्मी शाक्यले प्रतिस्पर्धा गर्दैछिन्।

- Advertisement -

यसअघि जसपाबाटै उम्मेदवारी दिएकी प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता गर्दै आफ्नै पार्टीका उम्मेदवार रामसहाय प्रसाद यादवलाई समर्थन गरेको घोषणा गरिसकेकी छिन्। यद्यपि मनोनय फिर्ताको समयावधिपछि उम्मेदवारी फिर्ता लिएकी उनको उम्मेदवारको सूचीमा नाम यथावत नै रहेको छ।

शुक्रबार बिहानबाट मतदान सुरु भइसकेको छ। बेलुकासम्म मत परिणाम सार्वजनिक हुने बताइएको छ। तथापि दुई महिला उम्मेदवार मतदानबाट बत्तिचत रहेका छन्। संघीय सांसद र प्रदेश सांसद मतदाता हुने उपराष्ट्रपतिको निर्वाचनमा दुई महिला उम्मेदवारले आफूले आफैंलाई मतदान गर्नबाट बञ्चित रहेका छन्।

नेकपा (एमाले) बाट उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यले मतदान गर्न पाउँदैनिन्। उनी संघ तथा प्रदेशतर्फ को सांसद होइनन्। त्यस्तै अर्की जनमत पार्टीकी उम्मेदवार ममता झाले समेत आफूलाई मतदान गर्न नपाउने भएकी छिन्। उनी पनि संघ तथा प्रदेश कतैको सांसद छैनन्।

दुबै महिला उम्मेदवार रहेका उनीहरु संघ तथा प्रदेशको सांसद नभएकाले आफैंले आफैलाई मतदान गर्ने अवसरबाट बञ्चित भएका हुन्।

संघीय संसद्का दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद र सातवटै प्रदेशसभाका सांसदहरु उपराष्ट्रपतिको निर्वाचनमा मतदाना रहने व्यवस्था छ। आजको मतदान प्रक्रियामा सहभागी उपराष्ट्रपतिको निर्वाचनमा संघ र प्रदेशका सांसदहरु मतदाता रहने ब्यवस्था छ। सोही अनुसार संघीय एक सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार हुन आउँछ।

सोही मतभार अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल मतभार ५२ हजार सात सय सात रहेको छ। जसअनुसार २६ हजार ३५४ मत ल्याउने उम्मेदवार विजयी हुन्छ। नेपाली कांग्रेससँग कुल मत १६ हजार २२१ मत रहेको छ । कांग्रेसले जसपाका उम्मेदवारलाई रामसहायलाई मत दिने औपचारिक निर्णय गरिसकेको छ ।

यस्तै एमालेको मतभार १५ हजार २३३ रहेको छ । एमालेकी उम्मेदवार शाक्यलाई नै उसको मत जाने निश्चित छ। माओवादीको जम्मा मत ७ हजार ७४५ रहेको छ । माओवादी हालसम्म कुनै उम्मेदवारको पक्षमा खुलेको छैन।

यस्तै दल राष्ट्रिय स्वतन्त्र पार्टीको १५सय ८० मतभार रहेको छ। सरकारबाट फिर्ता भएपनि समर्थन कायम रहेको हुँदा रास्वपाको मत राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनकै उम्मेदवारलाई मतदान गरेको थियो।

यद्यपि उपराष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई मत दिने औपचारिक घोषणा गरेको छैन ।आन्तरिक निर्णय गरेको बताएको छ । यद्यपि रास्वपाले सार्वजनिक घोषणा गरेको छैन।

सरकारलाई दिएको समर्थन फिर्ता गर्दै बाहिरिएको राप्रपाको मत २ हजार ४५० मतभार रहेको छ । राप्रपाले उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ रहने घोषणा गर्दै मतदान प्रक्रियामा सहभागीे नहुने निर्णय गरिसकेको छ ।

सरकारलाई सर्मथन गरेको नागरिक उन्मुक्ति पार्टीको मत ८९२ रहेको छ । उसले उपराष्ट्रपतिको निर्वाचनमा जनमत पार्टीकी उम्मेदवारलाई मत दिने निर्णय गरिसकेको छ। जनमत पार्टीसँग कार्यगत एकताको घोषणा समेत नागरिक उन्मुक्तिले गरेको छ ।

यस्तै जसपाको कुलमत २१ सय ४५ रहेको छ। उक्त पार्टीका उम्मेदवार रहेका यादवलाई जसपाको मत स्वतः जाने नै छ। आफूलाई प्रतिपक्षी दाबी गर्दै आएको र संसदीय हैसियत स्वतन्त्र कायम भएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को कुलमत २५४७ रहेको छ।

एकीकृत समाजवादीले सत्ता गठबन्धनको कुन उम्मेदवारलाई मत दिन यकिन गरिसकेको छैन ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को जम्मा मत ९७१ रहेको छ। लोसपाले जनमत या जसपाको उम्मेदवारलाई मत दिनेमा यकिन छैन। यद्यपि लोसपा जनमत पार्टीसँग निकट रहेको छ । जनमत पार्टीसँग कार्यगत एकताको घोषणा गरेकाले जनमतकै उम्मेदवारलाई मत दिने निश्चितप्रायःछ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -